दयाहाङ र नम्रताको ‘वरदान’ (लघु चलचित्र)

‘छ माया छपक्कै’ निर्देशक दिपेन्द्र लामाको निर्देशनमा लघु चलचित्र ‘वरदान’ निर्माण गरिएको छ ।

शनिबार ललितपुरमा चलचित्रको छायांकन सम्पन्न गरिएको हो । नारीको भित्री मनोभावनालाई समेटेर चलचित्रको कथा निर्माण गरिएको हो । मानसिक तनाव र त्यसको असरले आत्महत्याको लडाइसम्म पुगेका व्यक्तिहरुको लागी यो चलचित्र विशेष छ । यस्तो समस्यालाई माथि उठाउने प्रयासमा चलचित्रले ध्यानाकर्षण गराउने छ ।

कोरोनाको महाकालमा लकडाउनले मानसिक स्वास्थ्यमा निकै गम्भीर समस्या निम्त्याएको थियो । करिब २० मिनेटजति लामो चलचित्रको बारे निर्देशक लामा भन्छन्, ‘डिप्रेसनमा गएकाहरुले आत्महत्याको बाटो रोज्ने सम्भावना धेरै रहन्छ, तर हामीले बेलैमा सही सल्लाह लिन वा दिनसक्यौं भने उनीहरुलाई बचाउन सक्छौं ।’

कोसिस नेपालको लगानीमा निर्माण गरिएको चलचित्रमा नम्रता श्रेष्ठ मूख्य भूमिकामा देखिएकी छिन् । चलचित्रमा नम्रताको साथमा दयाहाङ राई, प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय रहेको छ । शैलेन्द्र डि कार्कीको छायांकन रहेको चलचित्रमानिमेष श्रेष्ठले सम्पादन गरेका छन् । शैलेस श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको चलचित्र केही समयपछि युट्युब वा कुनै अनलाइन प्लेटफर्ममा सार्वजनिक गरिने छ ।

Facebook Comments

यो पनि हेर्नुहोस