प्रदीप र अमृताको ‘पिपल चौतारी’ (म्युजिक भिडियो)

गायक/नायक प्रदीप बास्तोलाको आफ्नै शब्दरचनामा निर्माण गरिएको गीतको म्युजिक भिडियोमा प्रदीप स्वयम् र अमृता खनालको अभिनय रहेको छ । प्रदीप र अमृता श्रीमानश्रीमती हुन् ।

यस म्युजिक भिडियोमा चलचित्रको मज्जा लुट्न सकिन्छ । एउटा निराशाको परिवेशबाट सुरुवात गरिएको भिडियो नृत्यको रमझमदेखि लिएर चलचित्रको कथाजस्तै कन्सेप्टमा लिप्त भएको छ । नेपाली स्थानीय कथा रहेको भिडियोमा एक युगलजोडीको प्रेमकथालाई प्रस्तुत गरिएको छ । एउटा पात्रको इच्छा, चाहना र प्रेमलाई विषयवस्तु बनाएर निर्माण गरिएको म्युजिक भिडियोको सम्पूर्ण कार्य सम्मानयोग्य छ ।

गीतमा प्रदीप बास्तोला स्वयमकै आवाज रहेको छ । उनको आवाजमा गायिका रचना रिमालले साथ दिएकी छन् । गीतलाई प्रदीप बास्तोलालेनै संगीत दिएका छन् । भिसन मानन्धरको मिक्सिङ रहेको गीतलाई पिक स्टुडियोमा रेकर्ड गरिएको हो ।

सारदा गिरीको पाहुना भुमिका रहेको भिडियोमा प्रदीप बास्तोला र अमृता खनालको अभिनय रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् ।

Facebook Comments

यो पनि हेर्नुहोस