स्वस्तिमा खड्का दक्षिण भारतीय चलचित्रमा ?

नेपाली चलचित्र क्षेत्रको अभिनयकी रानी नायिका स्वस्तिमा खड्का भारतीय चलचित्र ‘थिरिमाली’मा अनुबन्धन भएको कुरा सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ ।

स्वस्तिमासँग यसको बारेमा सोध्दा भने सामान्य भेटघाट भएको तर सिनेमाको कथा पनि नसुनेको र आफु सिनेमामा अनुबन्धन नभएको कुरा जानकारी दिएकी छिन् । तर सिनेमाको नेपाली निर्माण टिमले भने उनी अनुबन्धन भइसकेको कुरा दाबी गरेका छन् । सिनेमालाई भारतीय निर्माण कम्पनी ‘एञ्जल मारिया सिनेमाज्’ले नेपाली निर्माण कम्पनी ‘अनन्या फिल्मस्’सँग सहकार्य गरि निर्माण गर्ने भएको छ ।

सिनेमाको ७०% छायंकन नेपालमा हुने भएको छ । राजीव शेट्टीको निर्देशनमा बन्ने सिनेमामा विपिन गर्ज, अन्ना राजन र धर्माजन बोल्गाटीलाई मुख्य भूमिकामा देख्न सकिन्छ । सिनेमामा नेपाली निर्देशक/कलाकार माओत्से गुरुङको पनि अभिनय रहनेछ ।

हाल स्वस्तिमा चलाचित्र ‘चिसो मान्छे’को वर्कशपमा व्यस्त छिन् । यो सिनेमा फाल्गुनको दोश्रो साताबाट फ्लोरमा जाने छ, जसलाई दिपेन्द्र कुमार खनालले निर्देशन गर्दै छन् । स्वस्तिमा अभिनित चलचित्र ‘चपली हाइट ३’ प्रदर्शनको तयारीमा छ ।

Facebook Comments

यो पनि हेर्नुहोस