गायक तथा मोडेल गुराशिष सिंहको नयाँ गीत ‘तुम जहाँ रहो’मा नेपालकी अदिती बुढाथोकीले अभिनय गरेकी छिन् । गीत अहिले युट्युबमा सार्वजनिक भइसकेको छ ।
गीतको फिमेलको आवाज हर्गुन कौरले दिएको छिन् । विदुर आनन्दको शब्दरचना रहेको गीतमा टि.एस्.के म्युजिकले संगीत दिएको छ । गीतलाई रीना गिल्बर्टले मिक्स/मास्टर गरेकी हुन् ।
शशांक चोप्राको छायांकनमा बनेको भिडियोलाई अमित मण्डलले सम्पादन गरेका हुन् । केफी इन्टरटेनमेन्टको निर्माणमा बनेको भिडियोलाई जय पारिखले निर्देशन गरेका हुन् ।
लामोसमय भारतमा मोड्लिङ गर्दै आएकी अदितीले केही वर्षअघि अन्मोल केसी स्टारर चलचित्र ‘कृ’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी थिइन् । उनले केही हिन्दी गीतहरुमा पनि अभिनय गरिसकेकी छिन् । तर गुराशिषसँग भने उनको पहिलो सहकार्य हो ।
दुई युगल प्रेमजोडीलाई फिचर गरिएको भिडियोमा लभ र रोमान्सको समिश्रण गरिएको छ । गुराशिषसँग अदितीको केमेस्ट्री निकै राम्रो जमेको छ ।