प्रकाश र आँचलको ‘यो बिछोड हो कि माया ?’

प्रकाश सपुत र आँचल शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘यो बिछोड हो कि माया ?’ सार्वजनिक भएको छ ।

भिडियोमा मुस्ताङको दृश्यलाई बढी प्राथिमिकता दिइएको छ । एक युगल प्रेमजोडीबीचको प्रेमलाई देखाउन खोजिएको भिडियोमा थोरै सस्पेन्स राखिएको छ । भिडियोको धेरैजसो कामहरु प्रशंसनीय नै छन् ।

तर काम गर्दा केही गल्ती त हुन्छन् नै । यस म्युजिक भिडियोको कन्सेप्ट/मेकअप/निर्देशनमा पनि केही त्रुटीहरु फेला परेका छन् । हुन त निर्देशकको आफ्नै तरिका हुन सक्छ तर भिडियोमा सस्पेन्स राख्दा थोरै त्रुटी देखा परेको छ ।

सर्वप्रथम भिडियोको मेकअपतिर जाऔ । प्रकाश सपुतलाई खुकुरीको चोट लागेको मेकअपमा थोरै कमजोरी देखा परेको छ । घाउको मेकअप बनिबनाउ देखिन्छ यसमा अझै केही काम गर्न सकिन्थ्यो कि ? भिडियो हेर्दापनि अलि नराम्रो लाग्ने मेकअप यही नै होला सायद । नत्रभने अरु दृश्यमा अनिताको मेकअपको प्रशंसा नै गर्छु म ।

भिडियोमा केटीको परिवारले केटालाई स्वीकार नगरेपछि दुवैजना लुकिछिपी भागेको दृश्यलाई देखाइएको छ । अँध्यारोमा जङ्गलमा बास बसेको कुरा थाहा पाएर केटीको परिवार केटालाई मार्ने योजनाले आएका छन् तर उसलाई मार्न असफल हुन्छन् अनि केटीलाई त्यहि छोडेर जान्छन् । पहिलोगल्ती जङ्गलमा बास बसेको कुरा केटीको परिवारले कसरी थाहा पाए ?, यसलाई प्रस्ट खुलाइएको छैन । दोश्रो, केटालाई मार्ने योजनाका साथ आएका थिए तर असफल भए, त्यसपछि मुक्तिनाथ मन्दिरमा केटाकेटी भएको जानकारी फेरी कसले दियो ?, यसको बारेमा म अलमल छु । भिडियोलाई टु वि कन्टिन्युडमा राखेकोले नि होला यसमा मैले त्रुटी फेला पारेको तर यसलाई अन्यथा नलिगीदिनुहोला । यो मेरो आफ्नो विचारमात्र हो । बाकी कुरा एकदम राम्रो छ ।

रचना रिमाल र रोमन प्रकाशको आवाज रहेको गीतलाई उत्तम बिचारले लेखेका हुन् । रिमेश कुमारको संगीत रहेको गीतमा कृष्ण विकको एरेन्ज रहेको छ । गीतलाई मिक्सिङ/मास्टरिङ भने श्यामस्वेत रसाइलीले गरेका हुन् ।

भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । विक्रम सवारको कन्सेप्ट/नृत्य रहेको भिडियोको मेकअप आर्टिस्ट भने अनिता ग्वाचा हुन् । त्यस्तै रङ्गसंयोजनमा रेनिश फागो र सम्पादनमा अमन मानन्धर रहेका छन् । भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन् ।

Facebook Comments

यो पनि हेर्नुहोस