‘यशराज फिल्मस्’ले पाँच चलचित्र प्रदर्शन मिति तय

बलिउड चलचित्र निर्माण कम्पनी ‘यशराज फिल्मस्’ले यसवर्ष पाँच चलचित्रको प्रदर्शन मिति घोषणा गरेको छ।

 

‘संदीप और पिंकी फरार’, ‘बन्टी और बबली २’, ‘शमशेरा’, ‘जयशभाई जोडदार’ र ‘पृथ्वीराज’ चलचित्रको प्रदर्शन मिति ‘यशराज फिल्मस्’ले तय गरेको हो।

यशराजले सबैभन्दा पहिले ‘संदीप और पिंकी फरार’ चलचित्र प्रदर्शन गर्ने छ। दिवाकर बनर्जीले निर्माण/निर्देशन गरेको चलचित्रमा अर्जुन कपूर र परिणिति चोपडाको अभिनय रहेको छ। चलचित्रलाई मार्च १९ बाट विश्वभरका सिनेमा घरमा रिलिज गरिदै छ।

 

प्रदर्शनको दोश्रो सुचिमा चलचित्र‘बन्टी और बबली २’लाई राखिएको छ। सैफ अली खान, रानी मुखर्जी र सिद्धान्त चर्तुवेदीको अभिनय रहेको चलचित्रमा सरवरीको डेव्यु इन्ट्री गरेकी छिन्। बरुण वी शर्माको निर्देशन रहेको सिनेमा २३ अप्रिलमा रिलिज हुनेछ ।

 

त्यस्तै तेश्रो सुचिमा चलचित्र ‘शमशेरा’को प्रदर्शन मिति राखिएको छ। चलचित्र ‘सञ्जु’पछि रणवीर कपूरको अभिनय रहेको चलचित्र ‘शमशेरा’ नै हो। चलचित्रमा रणवीरबाहेक सञ्जय दत्त र वाणी कपुरको अभिनय रहेको छ। पिरियड ड्रामा सिनेमामा रणवीरले पहिलो पटक डाँकुको भुमिका निवार्ह गरेका छन् ।करण मल्होत्राको निर्देशनमा निर्माण भएको सिनेमा जुन २५ बाट विश्वभर प्रदर्शन गरिने छ।


यस्तै चौथो र पाँचौ सुचिमा क्रमसः रणवीर सिंह अभिनित ‘जयशभाई जोडदार’ र अक्षय कुमार स्टारर ‘पृथ्वीराज’लाई राखिएको छ। ‘जयशभाई जोडदार’ अगष्ट २७ बाट प्रदर्शनमा आउँदैछ भने ‘पृथ्वीराज’ नोभेम्बर ५ अर्थात दीपावलीको अवसर पारेर प्रदर्शन गरिने छ।

कोरोनाको महामारीले प्रदर्शन रोकिएको चलचित्रलाई यशराजले धमाधम नयाँ प्रदर्शन मिति तय गरेको हो। बलिउड निर्माताले चलचित्र प्रदर्शन गर्न डराइरहेको समयमा साउथ सिनेमाले लगातार चलचित्रको प्रदर्शन मिति घोषणा गरिरहेको थियो। बलिउडबाट भने यशराजले कोरोनापछि पहिलोपल्ट चलचित्रको प्रदर्शन मिति तय गरेको हो। यि चलचित्र अलवा राजकुमार राव अभिनित हरर कमेडी चलचित्र ‘रुही’को पनि प्रदर्शन मिति तय गरिएको छ।

Facebook Comments

यो पनि हेर्नुहोस