नायिका सुरक्षा पन्तले हानिन् ह्याट्रिक

‘धुर्मुससुन्तली फाउन्डेसन’द्वारा निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को निर्माण सहयोगका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना गरिएको छ ।

धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्य र गृष्मा ब्रोडकास्टिङको आयोजनामा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’का लागि रकम संकलन गर्न टुर्नामेन्ट गरिएको छ ।

मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा कलाकार दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, सुरक्षा पन्त, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, प्रकाश सपुत, विनोद भण्डारीलगायतले क्रिकेट खेलेका छन् ।

नेपाली कलाकारिता/खेलकुद क्षेत्रमा आबद्ध ४० भन्दा बढी सेलेब्रेटीहरु सहभागी छन् । जसलाई दुई समूहमा बाँडिएको छ । समूहको नेतृत्व धुर्मुस र सुन्तलीले गरेका छन् । क्रिकेट प्रतियोगिता चितवनको रंगशाला निर्माण स्थलमै भएकाे छ । टुर्नामेन्टबाट उठ्ने सम्पूर्ण रकम रंगशाला निर्माणमा खर्च गरिने कुरा आयोजकले जानकारी दिएका छन् ।

यस्तैमा नायिका सुरक्षा पन्तले ह्याट्रिक हानेकी छिन् । आफूले ह्याट्रिक हानेको कुरा फेसबुकमा पोष्ट गर्दै खुसी व्यक्त गरेकी छिन् ।

Facebook Comments

यो पनि हेर्नुहोस