छोटो समयमै टुट्यो वर्षा र सबिनको प्रेम

नेपाली रंगमंच क्षेत्रमा प्रेम र ब्रेअअपको खबरहरु कुनै नौलो कुरा होइन । सामान्य नागरिकहरुको भन्दा कलाकारहरुको प्रेम र बिछोडको कुराको चर्चा धेरै हुन्छ । संसारका हरेक कलाकारहरुको प्रेमको बारेमा बढिनै हुने गर्दछ । कलाकारहरु पनि कतिले आफ्नो प्रेम सम्बन्धलाइ ढाकछोप र अस्वीकार गरिरेहका छन् त कतिले खुलेआम सर्वजनिक गरिरहेका छन् । नेपाली फिल्म क्षेत्रमा पनि यस्तै कुरा हरुको धेरै चर्चा हुने गर्दछ ।  कुनै न कुनै कलाकारहरुको प्रेम र ब्रेकअकपको खबर फिल्मी क्षेत्रमा गफगाफको विषय बनिरहेको हुन्छ ।

 

केहि समय अघि अभिनेत्री नीता ढुंगाना र नायक तथा ज्योतिष हरिहर अधिकारीको प्रेमसम्बन्धको बारेमा ठुलै चर्चा भयो ।  तेस्तै अभिनेत्री साम्राज्य आरएल शाह र देवंश राणा बीचको ब्रेअकपको पनि उतिकै चर्चा भयो ।  यि वाहेक अन्य  कलाकारहरुको पनि बेलाबेलामा प्रेम र ब्रेअअपको खुबै चर्चा हुदै आइरहेको छ ।  यस्तै कलाकारहरुको भिडमा अभिनेत्री वर्षा शिवाकोटीको ब्रेअकपको खबरले यतिबेला फिल्मी क्षेत्रमा चर्चा भइरहेको छ ।

वर्षा शिवाकोटी र सबिन जंग थापा बिचको प्रेम सम्बन्ध राम्रो सँग फक्रिन नपाउदै पूर्णविराम लागेको छ ।  प्रेम सम्बन्धमा गाँसिएको २ वर्ष पनि नपुग्दै उनीहरुको ब्रेकअप भएको हो । अमेरिकामा बस्दै आएका सविनले आफ्नो इन्स्टाग्राममार्फत् वर्षाले आफूलाई धोका दिएको बताएका छन् । वर्षासँगका रोमान्टिक तस्विरहरु शेयर गर्दै उनले आफूलाई वर्षाले अप्ठ्यारो समयमा साथ नदिएको गुनासो पनि गरेका छन् । यद्यपि, उनले १७ महिनाको अवधिमा वर्षासँग विताएको समय असल रहेको उल्लेख गरेका छन् ।

सविनले लेखेका छन्, ‘१७ महिना अगाडि मेरो यी युवतीसँग प्रेम सुरु भयो । हजारौं हजार किमी टाढा हामीले एक अर्काको हरेक कुरालाई स्विकार गर्यौं । हामीले एक अर्कालाई खुशी राख्न धेरै कुरा गर्यौं । तर, तिमीले मेरो संघर्षको समयमा मलाई छोडेर गयौ ।’ उनले आफूलाई जीवनमा बुझ्ने मान्छे भेट्नु भन्दै वर्षालाई शुभकामना पनि दिएका छन् ।

यस वर्षको दशैं मनाएर वर्षा सविनलाई भेट्न पुनः अमेरिका पुगेकी थिइन् । यसपटक भने उनले सामाजिक सञ्जालको माध्यमबाट खुलेरै प्रेम सम्बन्ध व्यक्त गरिन् । उनले अबको दुई वर्षभित्र विवाह गर्ने तयारी भएको समेत मिडियालाई जानकारी दिएकी थिइन् । तर, अहिले उनीहरुको प्रेम सम्बन्धमा फाटो आएको छ ।

 

Facebook Comments

यो पनि हेर्नुहोस