घान्द्रुकमा संवाद : सिनेमा, साहित्य र पर्यटन

कोरोनाको महामारीले धेरै क्षेत्रलाई प्रभावित बनाएको थियो । यसै अन्तर्गत सिनेमा र पर्यटन पनि पर्छ । पर्यटन क्षेत्र गत साउन महिनाबाट सुचारु भएपनि सिनेमा क्षेत्रभने खुल्न सकेको थिएन । भर्खर भर्खर सिनेमा क्षेत्रपनि सुचारुमा आएको छ । तर, अझै पनि मानिसहरू कोरोनाबाट ढुक्क हुन सकेका छैनन् । पर्यटन क्षेत्रमा केही गतिविधि भैरहदा सिनेमा क्षेत्र अझै अव्यबस्थित छ । सिनेमा हलमा चलचित्र पर्दर्शन गर्न निर्माण टिमले आँट गर्न सकिरहेको छैन । केही समय अघि शिव श्रेष्ठद्वारा निर्मित ‘एउटा यस्तो प्रेमकहानी’ पर्दर्शनमा आएको थियो । तर चलचित्र नराम्ररी डुब्यो ।

कोरोनाको कारण नाजुक अवस्थामा पुगेको पर्यटन र सिने क्षेत्रलाई गतिशील बनाउन कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा सिनेकर्मी र पर्यटन व्यसायीबीच दुईदिने अन्तरक्रिया कार्यक्रम ‘सिनेमा संवाद एट घान्द्रुक’ आयोजना गरिएको थियो । कार्यक्रममा सिनेमा, पर्यटन, सञ्चार क्षेत्रका चार दर्जनभन्दा बढी सहभागी काठमाडौं, पोखरालगायतबाट घान्द्रुक पुगेका थिए । कार्यक्रममा ‘सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ विषयमा संवाद भएको थियो । सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना विषयमा चलचित्र निर्देशक सुदर्शन थापा र पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईसँग पत्रकार वासु मिश्रले संवाद गरेका थिए ।

निर्देशक थापाको अनुसार कोभिडले सिनेमा र पर्यटनलाई धेरै नै ग्रसित गराएको कुरा गरे । त्यस्तै सिनेमा र पर्यटन एकअर्कामा अन्तरसम्बन्धित रहेकाले एउटाको प्रभाव अर्कोलाई पनि पर्ने बताएका थिए । कुनै पनि स्थानलाई चिनाउन सिनेमा र गीत–संगीतले धेरै सहयोग गर्ने उनले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष भट्टराईले सिनेमाको माध्यमबाट विश्वका धेरै ठाउँ पर्यटकीय हब बनेको भन्दै सिनेमाकै कारण पोखरासँगै आसपासका क्षेत्र परिचित भएको बताए । हाल पर्यटन संस्थाहरू अस्ताएजस्तो देखिएको र यसलाई क्रियाशील बनाउन समन्वय जरुरी रहेको भनाइ उनको थियो ।

‘सिनेमा साहित्य: सम्बन्ध र साझेदारी विषय’मा कलाकार दीपकराज गिरी, लेखक गणेश पौडेल, कवि भूषिता वशिष्ठसँग सञ्चारकर्मी एवं कलाकार दिनेश डिसीआदिले संवाद गरेका थिए । गिरीले व्यावहारिक जीवनसँग चलचित्रको कथावस्तु जोडिने भएकाले दर्शकहरु बाधिने भनाई राख्दै साहित्यमाथि सिनेमा कम बन्नुको कारण सिनेकर्मी दर्शकसँग डराए भन्दै लेखिने र बोलिने शैलीको फरकपन रहेको कुरा बताए ।

यसै विषयमा कवी भुषितालेपनि सिनेमाको संवादमा मौलिकता हुनुपर्ने धारणा व्यक्त गरेकी थिइन् । र त्यस्तै साहित्यसँग सिनेमाको साझेदारीको प्रश्नमा उनले सिनेकर्मी साहित्यकारहरूसँग डराउन नहुने भनाइ राखिन् ।

Facebook Comments

यो पनि हेर्नुहोस