‘म्याराडोना’लाई यसरी सम्झिए नेपाली कलाकारले

विश्व फुटवलका महानतम खेलाडी डिएगो म्याराडोनाको निधनप्रति नेपाली कलाक्षेत्रका हस्तीहरुले पनि श्रद्दान्जली व्यक्त गरेका छन् । कलाकारहरुले आफ्नो सामाजिक सञ्जालमा गहिरो दु:ख व्यक्त गरेका छन् ।

गायक प्रमोद खरेलले म्याराडोनाको फोटो शेयर गर्दै लेखेका छन्, ‘१९७९ मा अर्जेंटीनालाई U20 को उपाधि तथा १९८६ मा विश्व विजेता बनाएका यी महान हस्तीले क्लब फुटबलमा Napoli, Barcelona, Boca Juniors, Sevilla  र Newell’s Old Boys जस्ता टिममा आफ्नो जादु छरेका थिए । विश्व फुटबलको एक आदर्श’ ।

गायकद्वय सत्य-स्वरुप अफ्नो फेसबुक पेजमार्फत् यस्तो लेख्छन्, ‘दिएगो अर्मान्डो म्याराडोना जसको खेल हेरेर सानैदेखि उनको प्रशंसक भएर फुटबल खेल्न सिकियो । आज उनलाई अलबिदा भन्न मनले मानिरहेको छैन । भावपूर्ण श्रद्धाञ्जली प्रिय म्याराडोना । जबसम्म संसारमा फुटबल खेल रहने छ, तबसम्म तिम्रो नाम सुनौला अक्षरहरुमा लेखिनेछ’ । गायक शिव परियारले पनि स्तब्ध भएको लेखे ।

निर्देशक दीपेन्द्र लामा भावुक हुँदै लेख्छंम ‘अल्विदा म्याराडोना ! ६० वर्षको उमेरमा महान फुटबलर म्याराडोनाको हृदयघातबाट बुधबार निधन भएको छ । केही दिनअघि उनको मस्तिष्कको शल्यक्रिया भएको थियो । उनलाई कोकिन सेवनको आरोपमा जेल हाल्दा उनका फ्यानहरुले काठमाडौंमा जुलुस निकालेको सम्झना छ । त्यस्तै निर्देशक प्रदिप भट्टराईले पनि म्याराडोनाको अवसानप्रति लेखेका छन्, ‘शताब्दी कै माहान फुटबल खेलाडी’ ।

कवि लेखक भूपिन लेख्छन्, ‘एक फुटबल आइकनको मृत्यु’ । त्यस्तै चलचित्रकर्मी किरण मरहट्टाले पनि अफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय डियगो म तिमिलाइ सदैब मिस गर्नेछु । विश्वफुटबलमा तिमिले दिएको योगदान यो संसारमा जुन तारा रहेसम्म चम्किरहनेछ..!! हार्दिक श्रद्दान्जलि डियगो म्याराडोना..!!

Facebook Comments

यो पनि हेर्नुहोस