चलचित्र पत्रकार गोकर्ण गौतमको आज निधन भएको छ ।
टाउकोको नशा सुन्निएर ३/४ दिनअघि न्युरो अस्पतालमा भर्ना भएका गौतमको हिजो अपरेशन भएको थियो । सहकर्मी होम कार्कीले गौतमको अपरेशन असफल भएकाले निधन भएको जानकारी दिए ।
गौतम चलचित्र पत्रकारिता र समीक्षामा अब्बल थिए । चलचित्र पत्रकार तथा समीक्षक गौतम कान्तिपुर दैनिकमा कार्यरत थिए । गौतम पछिल्लो समय लकडाउनका बेला खाना खान आउने एक दीनहीनको भोको पेटको सत्यकथा लेखेर चर्चित भएका थिए । गौतमको पोहोर मात्रै बिवाह भएको थियो ।
Facebook Comments