५ फोटोमा गायिका सुजाता बर्मा

नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुन्, सुजता बर्मा । साङ्गीतिक वातावरणमा हुर्केकी बर्माले कलकत्ताबाट शास्त्रीय संगीतमा स्नातकोत्तर गरेकी छन् । गायनमा सक्रिय गायिका सुजता बर्मा  विभिन्न विद्यालयमा संगीत सिकाउँछिन् ।

उनले  ‘ए दाजु नसमाउ नाडीमा’, ‘सम्बन्ध तिम्रो मेरो’ ‘सुनाखरी’ ‘चोरी लगेछ’ लगायत दर्जनौँ गीत गएकी छिन् । चलचित्र खबरले एक जम्काभेटमा लिएका उनका ५ फोटोलाई हामीले समेटेका छौँ ।

आफ्नै बुवा विनय बर्मासँग सङ्गीत सिकेकी उनी बुवालाई नै आफ्नो गुरू मान्छिन् । उनलाई छक्का पञ्जा २ मा समावेश गीत ‘हिलो लाग्ला नाईलनको सारीमा’ले नेपाली साङ्गीतिक क्षेत्रमा चर्चित बनाएको हो ।



Facebook Comments