पूजामाथिको प्रहारमा शुष्माको प्यार-प्यार

नायिका पूजा शर्मा र शुष्मा कार्कीबीचको वैमनश्यताका बारेमा त चलचित्र नगरीसँगै आमदर्शक पनि जानकार छन् । बेलाबेला विभिन्न विषयमा विवादमा आउने यि दुई नायिकाको सामाजिक सञ्जालमा जुहारी नै चल्छ । एक-अर्काको दुश्मन झैँ देखिने यि नायिकाहरु आफ्नो सामाजिक संजालमा मात्रै नभएर सार्वजनिक कार्यक्रममा पनि एक-अर्काको खण्डन गर्न पछि पर्दैनन् । अझ नायिका शुष्मा कार्की त पूजा शर्माको खेदो खन्न कुनै कसुर नै छोड्न चाहदिनन् ।

 

सँधै पूजाको विपक्षमा देखिने शुष्माले फेरि पूजालाई उडाउदै आफ्नो सामाजिक संजालमा स्टाटस राखेकी छन् । ‘रजतपट’ कार्यक्रममा प्रस्तोता प्रकाश सुवेदीले पूजाको हाउभाउको बारेमा छुद्र टिप्पणी गरेका थिए । पूजाले प्रकासको यो हर्कतबिरुद्ध चलचित्र कलाकार संघमा उजुरी दिएपछि सुष्माले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेकी छन् ‘मेरो पनि दाह्रा छ । तर, मलाई अलिकति पनि चित्त दुखेन त । प्रचारको लागि आफैले आफैलाई दाह्रे सम्झेर मिडीयावाजी गर्नु भनेको के हो ? कुरा क्लियर छ । मुद्धा हाल्नु जाँदा पनि प्रेसमिट गर्नु पर्दो रहेछ ? अनि साम्राज्ञीको विषयमा कसैको बोली फुटेको थिएन त । नामै नतोकी भनेको विषयमा चै यत्रो हंगामा किन ? फेमिनिजमको पनि बेईज्जत भयो अब त ।’

 

नायिका कार्कीले चर्चाकै लागि पूजाले यो सब गरेको भन्ने आरोप लगाएको उनको स्टाटसमा देखिन्छ । साम्राज्ञी राज्यलक्ष्मी शाहको समर्थनमा रहेकी शुष्मा, पूजालाई भने मिडियाबाजी गरेको आरोप लगाउनमा ब्यस्त छिन् । फेमिनिजमको बेइज्जत भयो भन्ने शुष्मा नै एक महिला कलाकारको समर्थनमा नबोलेर उनलाई प्रचारबाजी गरेको भनेर उडाइरहेकी छन् । यस्तो संवेदनशील विषयमा त आफ्नो व्यक्तिगत दुश्मनीलाई कतै पोको पारेर राखेर प्रवृतिको बिरुद्धमा बोल्नु पर्ने हैन र ? कलाकारबीच नै एकता छैन भने कलाकारको हित कसरी सम्भब होला र ? भोलि तपाइँलाई पर्दा बोलिदिने साथी चाहिन्न त शुष्माजी ?

Facebook Comments

यो पनि हेर्नुहोस